latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

पित्त थैलीको शल्यक्रियापछि चार महिनादेखि बेहोस रहँदै आएकी सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की २५ वर्षीया पविता यादवको निधन भएको छ ।

उनी काठमाडौंको केएमसी अस्पतालको भेन्टिलेटरमा झण्डै साढे तीन महिनादेखि उपचाररत थिइन् । आज बिहान ७ बजे अस्पतालमै उनको मृत्यु भएको गौशाला प्रहरी वृत्तका हवल्दार वेदनाथ पौडेलले जानकारी दिए ।

पविताका पति अंगेश यादवलाई आज बिहान नै अस्पतालबाट फोन गरी जानकारी दिइएको थियो । आर्थिक अवस्था कमजोर भएका अंगेश केही समययता अस्पतालमै कुरुवा बस्नसमेत सकेका थिएनन् । खर्चको जोहो नहुँदा उनी गाउँ फर्किन बाध्य भएका थिए । अस्पताल र फार्मेसीबाट पटकपटक तिर्न बाँकी बिलको दबाब आउन थालेपछि उनी काठमाडौंबाट फर्किएका थिए ।

कुरुवा नभएपछि अस्पतालले अंगेशलाई बारम्बार फोन गरेर बोलाउने प्रयास गरेको थियो । अन्ततः जेठ १४ गते केएमसी अस्पतालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पत्राचार गरेर अंगेशलाई बोलाइदिन आग्रह ग¥यो । त्यसको आधारमा प्रहरी चौकी हरिपुर्वाले अंगेशलाई पत्र थमाएर काठमाडौं जान भनेको छ ।

‘आज बिहान प्रहरीबाट शव बुझ्न आउन भनिएको छ,’ अंगेशले भने, ‘तर मसँग काठमाडौं जाने भाडा पनि छैन । अस्पतालको लाखौं रुपैयाँ उपचार खर्च तिर्नुपर्ने छ, शव कसरी ल्याउने ?’

उनले सबै पक्षसँग आर्थिक सहयोगको अपिल गरेका छन् ।

पविताको पित्त थैलीको शल्यक्रिया गत माघ ३ गते जनकपुरधाम–१४ पिडारीचोकस्थित दर्ता नभएको मुस्कान अस्पतालमा गरिएको थियो । उनका बुवा ब्रह्मदेव यादवका अनुसार सूर्या अल्ट्रासाउण्डका सञ्चालक सुशील यादवले बाध्य बनाएर त्यहा पठाएर शल्यक्रिया गराइएको थियो ।

सरकारी सेवा गरेका हेल्थ असिस्टेन्ट कमल राइनले सल्लाहकार र श्रीमतीलाई सञ्चालक बनाएर कुनै स्वीकृति नलिई खोलिएको अस्पतालमा सर्जन डा. ज्ञानकुमार साहले शल्यक्रिया गरेका थिए ।

शल्यक्रियापछि तीन दिनसम्म पविता बेहोस रहिन् । डाक्टरले स्नायु सम्बन्धी समस्या भन्दै सिटी स्क्यान गर्न सल्लाह दिए । सिटी स्क्यानपछि सम्बन्धित विशेषज्ञ नहुँदा उनलाई माघ ६ गते जानकी हेल्थकेयर लगियो र पछि माघ २९ गते काठमाडौंको केएमसी अस्पतालमा भर्ना गरिएको थियो । त्यसयतापनि उनको होस आएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय