सरकारले ६८ वर्षमा दिइँदै आएको वृद्ध भत्ता पाउने उमेर बढाएर ७० वर्ष पुर्‍याइएको छ।

अर्थमन्त्री विष्णु पौडेलले विहिबार संघीय संसदमा आव ०८२/०८३ को वजेट प्रश्तुत गर्दै वृद्धभत्ता पाउने उमेर बढेको जानकारी दिए।

‘उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन समेतलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षदेखि ७० वर्ष पूरा भएका नागरिकले ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यवस्था मिलाएको छु,’ पौडेलले भने, ‘हाल प्राप्त गरिरहेका, दुर्गम क्षेत्र र लक्षित वर्गका ज्येष्ठ नागरिकका लागि भत्ता पाउने उमेर यथावत् राखेको छु ।’

अर्थमन्त्री पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका छन्। चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पूँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१) प्रतिशत विनियोजन गरिएको उनले बताए।

बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भएको छ। यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ।

बजेटअनुसार सबैभन्दा बढी बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ। दोस्रोमा सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ करोड विनियोजन भएको छ भने तेस्रो नम्बरमा शहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन भएको छ।

यी तीन मन्त्रालयबाहेक अरु मन्त्रालयमा खर्बको बजेट विनियोजन भएको छैन। सबैभन्दा कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड मात्रै विनियोजन भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय