latest
बीए तेस्रो वर्षको वार्षिक परीक्षा दिदै बिरामी रचना  ||    २८ वर्षीय रविन संग १४ वर्षीय मञ्जुको प्रेम, दुई सय मिटरको फरकमा भेटियो दुबैको शव  ||    विराटनगरका मेयर कसरी पुगे युद्धग्रस्त इजरायलको बंकरमा ?  ||    भ्रष्ट्राचारविरुद्ध ३१ दिन खाली खुट्टा हिडेर प्रधानमन्त्री भेट्न काठमाडौं आएका बोहोराले भेट्न पाएनन ओली  ||    दिलभूषणले केहि गरि सुख पाएनन्  ||    ओलीविरुद्ध बोल्नेलाई एकएक गरि ठेगान लगाउदै सरकार, आज पक्राउ परे अर्का युटुबर  ||    नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षले कुटे रास्वपाका दुई नेता  ||    ज्यान मार्ने उद्योगमा पक्राउपुर्जी जारी हुदा पनि पक्राउ परेनन् काँग्रेस नेता  ||   
बुधबार , असार ४, २०८२

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नयाँ रंगशाला निर्माणदेखि विमानस्थल विस्तारसम्मका योजना समेटिएका छन् ।

विराटनगरको निजी क्षेत्रलाई विराटनगर विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउनका लागि धावनमार्ग विस्तार गर्न माग गरिरहेको छ ।

पटकपटक निजी क्षेत्रले संघीय सरकारको ध्यानाकर्षण पनि गराएका छन् । तर यो पटक पनि बजेटले विराटनगर विमानस्थललाई सम्बोधन गरेन । बरु झापाको भद्रपुर विमानस्थललाई सम्बोधन गरेको छ । भद्रपुर विमानस्थल विस्तारका लागि बजेट छुट्याइएको छ ।

बजेटमा दमकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला निर्माण गर्ने भनिएको छ । यो रंगशाला निर्माणस्थल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्छ ।

बजेटमा पूर्वपश्चिम राजमार्गको झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म विस्तारलाई सम्बोधन गरेको छ ।

पूर्वपश्चिम रेलमार्ग निर्माणबाट भने सरकार पछि हटेको छ । काँकडभिट्टा–इनरुवासम्मको खण्डमा रोक्का राखिएको जग्गा भने फुकुवा भएको छ ।

झापाको केचना–पाथीभरासम्म पदमार्गले पनि बजेटमा प्राथमिकता पाएको छ । झापामा पेट्रोलिम पाइपलाइन निर्माण पनि बजेटमा समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय