latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद्हरूले विदेश जाँदा ठगीमा परेका वा घुस दिन बाध्य बनाइएका नेपालीलाई ईमेल र ह्वाट्सएपमार्फत प्रमाण पठाउन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै सांसद् हरि ढकाल, शिशिर खनाल, सोविता गौतम लगायतले प्रमाण पठाइदिन अनुरोध गरेका हुन् ।

“विदेश जानुअघि वा पछि तपाईंलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घूस तिर्न बाध्य बनायो ? यदि तपाईंसँग प्रमाण छ भने, कृपया मलाई [email protected] मा पठाइदिनुहोस्,” सांसद् गौतम लेखेकी छिन्, “अन्याय सहेर बस्ने होइन, बोल्ने र बदल्ने समय आएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हौँ ।”

त्यस्तै सांसद् खनालले ईलेल एड्रेस ‘[email protected]’ र सांसद् हरि ढकालले ह्वाट्सएप नम्बर ९८५११६४१६८ मा प्रमाण पठाइदिन अनुरोध गरेका छन् ।

उनीहरूको पोस्टपछि सामाजिक सञ्जालमा रास्वपासँग जोडिएका अन्य व्यक्तिले पनि आफ्नो विवरण राख्दै प्रमाण पठाइदिन आग्रह गरेका छन् ।

भिजिट भिसा प्रकरणमा सचिवालयका कर्मचारीको नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख प्रमुख तीर्थराज भट्टराईसहित गिरोहमा संलग्न रहेको आरोप लागेका पाँच जनामाथि अनुसन्धान गरिरहेको छ । उनीहरूका मोबाइललगायत विद्युतीय उपकरण बरामद गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय