चन्दा उठाएर पाईलट पढिरहेका दिपेन्द्र घिसिङले पहिलोपटक जहाज उडाएका छन् ।जहाज उदाएको अनुभब सुनाउदै उनले एक भिडियो समेत सामाजिक संजालमा पोस्ट गरेका छन् ।

पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी साटे । उनले भने, ‘पहिलो उडानमा फ्लाई इन्स्टुमेन्ट मात्रै देखाउनुहुन्छ र त्यसबारे बुझाउनुहुन्छ होला भन्ने लागेको थियो, तर सरले टेकअफदेखि सबै काम मलाई नै गर्न लगाउनुभयो ।’

उनले अहिलेसम्म ४० मिनेट जति उडान भरेका छन् । सिमुलेटरको हिसाबले भने उनले ५ घण्टा जति उडान गरिसकेका छन् । नेपालमा समेत जोड्दा उनको उडान समय ४५ घण्टा जति भइसकेको छ ।

नेपालमा उनले गीता एभिएसनमार्फत एक वर्षको क्लास लिएका थिए । त्यही क्लासले गर्दा उनलाई फिलिपिन्समा सजिलो भयो । हाल उनी फिलिपिन्सको फास्ट एभिएसन एकेडेमीबाट पढिरहेका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिका–२ मूलाबारीका २२ वर्षीय दीपेन्द्र घिसिङ आर्थिक अवस्था कमजोर भएका घिसिङले पाइलट बन्ने आफ्नो सपनालाई चन्दा उठाएरै भए पनि साकार बनाइरहेका छन् । सपनाको उडानलाई सफलताको सँघारमा ल्याउन घिसिङले निकै ठुला चुनौतीका शृङ्खला पार गरेका छन् ।

आफू सानै छँदा बुबाले दोस्रो विवाह गरेपछि आमासँगै मामाघरमा बसेर पढेका उनी ८ कक्षा सकेर काठमाडौँ आए । त्यसपछि आफन्तकोमा बसेर उनले लुभुस्थित बालकुञ्ज माध्यमिक विद्यालयमा पढ्न थाले । २०७४ सालमा एसईई दिएका उनी ३.७५ जीपीएसहित उत्तीर्ण भए ।

एसईईमा राम्रो अंक आएपछि विज्ञान विषय पढ्ने योजना बनाएका घिसिङले आमासँग यसबारे सल्लाह गरे । दोस्रो विवाह गरेर अर्काको घरमा गइसकेकी आमाले उनलाई ठोस जवाफ दिन सकिनन् । त्यसपछि उनले बुबासँग कुरा राखे । बुबाले आफूसँगै बसेर पढ्न उनलाई सल्लाह दिए ।

घिसिङ बौद्धको अरुणिमा कलेजमा भर्ना भएर पढ्न थाले । घरमा बुबा र कान्छी आमाबाट राम्रो व्यवहार भएन । त्यसपछि उनी ग्वार्कोमा एउटा कोठा भाडामा लिएर बस्न थाले । कोठा भाडा, खाना खर्च जुटाउन उनले एउटा स्कुलमा पढाउनुका साथै आफन्तको रेस्टुरेन्टमा वेटरको काम गर्न थाले । यस क्रममा उनी कलेज जान पाएनन् ।

पछि कलेजबाट बोर्ड परीक्षाको फारम भर्नका लागि फोन आयो । शुल्क तिर्न नसकेपछि कलेज पनि गएका थिएनन् । कलेजले कक्षा ११ को शुल्क तिरेको खण्डमा दुवै वर्षको परीक्षा दिन पाउने भन्यो । त्यसपछि उनले हारगुहार गरेर पैसा जुटाए । दुवै वर्षको परीक्षा दिए ।

कोरोना महामारीका कारण लकडाउन भएको समयलाई उनले पढ्नमा सदुपयोग गरे । रातदिन पढेर एकै वर्ष ११ र १२ को परीक्षा दिएर र उनले ३.२२ जीपीएसहित उच्च माध्यमिक तह उत्तीर्ण गरे ।

त्यसपछि उनले पाइलट पढ्ने योजना बनाए । आर्थिक अवस्था राम्रो नरहेकाले उनले ‘एक रुपैयाँ अभियान’ को सोच बनाए । एक रुपैयाँ सङ्कलन अभियान थालेपछि सहयोग आउन थाल्यो । सबैसँग एक–एक रुपैयाँ सहयोगका लागि खुला आह्वान गरेका उनले यसरी सङ्कलित रकमबाटै पाइलट कोर्स अध्ययन थाले ।

एक वर्ष अगाडि पाइलटको कोर्स गर्न घिसिङ फिलिपिन्स गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय