latest
बीए तेस्रो वर्षको वार्षिक परीक्षा दिदै बिरामी रचना  ||    २८ वर्षीय रविन संग १४ वर्षीय मञ्जुको प्रेम, दुई सय मिटरको फरकमा भेटियो दुबैको शव  ||    विराटनगरका मेयर कसरी पुगे युद्धग्रस्त इजरायलको बंकरमा ?  ||    भ्रष्ट्राचारविरुद्ध ३१ दिन खाली खुट्टा हिडेर प्रधानमन्त्री भेट्न काठमाडौं आएका बोहोराले भेट्न पाएनन ओली  ||    दिलभूषणले केहि गरि सुख पाएनन्  ||    ओलीविरुद्ध बोल्नेलाई एकएक गरि ठेगान लगाउदै सरकार, आज पक्राउ परे अर्का युटुबर  ||    नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षले कुटे रास्वपाका दुई नेता  ||    ज्यान मार्ने उद्योगमा पक्राउपुर्जी जारी हुदा पनि पक्राउ परेनन् काँग्रेस नेता  ||   
बुधबार , असार ४, २०८२

पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ।

उनकी पत्नी बिमला महतको उपचारका क्रममा गए राति निधन भएको पण्डितले जानकारी दिएका छन्। बिमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने घातक रोगबाट ग्रसित थिइन्।

बिमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरूबिच जनवादी बिहे भएको थियो। लालबाबु एक सादगी नेताको रूपमा चिनिन्छन्। उनको सरल जीवनशैलीको तारिफ हुने गरेको छ। आफ्नो सरल जीवनको लागि बिमलाको योगदान रहेको उनी बताउँथे।

केही दिन अगाडि अस्पतालको बेडमा पत्नी रहँदा तस्बिर राख्दै पण्डितले भनेका थिए,‘जीवन संघर्ष हो प्रिय , हामी बढी पिडामा छौं, सधैं यस्तै रहँदैन छिटो निकोहोस ! शुभेच्छुक प्रति कृतज्ञ छौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय