latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

काठमाडौँ । बम विस्फोट र हत्या आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता आफताब आलमले उच्च अदालतबाट सफाइ पाएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ । सञ्जाल प्रयोगकर्ताहरूले यस विषयमा विभिन्न टीकाटिप्पणी गर्दै अनलाइन खबरमा प्रकाशित पुरानो समाचारको स्क्रिनशट व्यापक रूपमा शेयर गरिरहेका छन् ।

शेयर गरिएको स्क्रिनशटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘आफताब आलमलाई छुटाउन लागिरहन्छु’ भन्ने शीर्षक देखिन्छ । यो अभिव्यक्तिलाई जोड्दै प्रयोगकर्ताले अदालतको फैसला र राजनीतिक संरक्षणप्रति प्रश्न उठाएका छन् ।

बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमलाई सफाइ दिने फैसला सुनाएपछि यस विषयमा आमप्रयोगकर्ताले आफ्ना प्रतिक्रिया दिएका छन् । न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको फैसलालाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो । यसअघि जिल्ला अदालत रौतहटले बम विस्फोट गरी व्यक्ति हत्या गरेको अभियोगमा आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

के थियो घटना ?

२०६४ साल चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साविक राजपुर फरहदवा–४ (हाल राजपुर नगरपालिका) मा रहेको आलमको काका शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट भएको थियो । उक्त विस्फोटमा परी घाइते भएका त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तर मियाँलगायतलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप आलममाथि लागेको थियो । चुनावमा त्रास फैलाएर बुथ कब्जा गर्ने उद्देश्यले आलमले भारतीय नागरिकलाई बोलाएर बम बनाउन लगाएको अभियोगपत्रमा उल्लेख थियो ।

यही घटनामा संलग्न भएको आरोपमा रौतहट क्षेत्र नम्बर २ का तत्कालीन सांसद आलमलाई प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो । उनी त्यसयता पुर्पक्षका लागि थुनामा थिए ।

आलम पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले एक सार्वजनिक कार्यक्रममा आलमलाई ‘पुरानो झूटो मुद्दामा फसाइएको’ भन्दै उनलाई छुटाउन आफूले प्रयास गरिरहने बताएका थिए । सोही अभिव्यक्तिसहितको समाचारको स्क्रिनशट अहिले आलमले सफाइ पाएसँगै सामाजिक सञ्जालमा भाइरल गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय