latest
४७ वटा विषालु सर्पसहित थाइल्यान्डबाट फर्किंदै गरेका भारतीय नागरिक विमानस्थलमा पक्राउ  ||    तीन दलकै एउटै स्वर, निकाले यस्तो निष्कर्ष  ||    दिवंगत राजपरिवारको सम्झनामा हृदयेन्द्रले गरे दीप प्रज्वलन  ||    उग्र बन्दै वाइसिएल, स्वर्गीय राजपरिवारको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा ढुंगा प्रहार  ||    सार्वजनिक यातायात ठप्प भएका बेला १०२ जना इन्ड्राइभ र पठाओ राइडर ठाउँको ठाउँ कारबाहीमा  ||    दुईभन्दा बढी बच्चा जन्माउनेलाई पाँच लाख सुत्केरी भत्ता दिन अर्थ समितिमा प्रस्ताव  ||    झाडीमा भेटियो करिव एक साताको नवजात शिशु  ||    के हो ‘झोले’ को अर्थ, किन एमाले नेताहरूले आफूलाई ‘झोले’ भनिरहेका छन् ?  ||   
सोमबार , जेठ २०, २०८२

बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा मंगलबार विहान साढे ९ बजे जिप दुर्घटना हुँदा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्कासहित तीनजनाको मृत्यु भएको छ ।

नेपाल टेलिकम बजुरा कार्यालयको बा५ च २२०९ नम्बरको जिप सडकबाट ८० मिटर तल खसेर दुर्घटना हुँदा भएको हो।

सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेक जोराका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख कैलाली धनगढी उपमहानगरपालिका–५ तारानगरका ४८ वर्षीय खड्का, चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५७ वर्षीय करनसिंह महतराको मृत्यु भएको छ।

यसैगरी जिपमा सवार बाजुरा बडिमालिका नगरपालिका–७ का ३५ वर्षीय रविन्द्र धामीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। ामी नेपाल टेलिकमकै कालाजाग्रा बाजुरमा सुरक्षागार्ड रहेको डिएसपी जोराले बताए।

उनकाअनुसार तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो। जिपमा सवार नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाईते छन। उनीहरूलाई उपचारका लागि कोल्टी पठाइएको उनले बताए।

बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा जिप दुर्घटनामा परेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय