
प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सदनको अवरोध खोल्न अनुरोध गरेका छन् ।
नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउन आग्रह गरे ।
संसद् भवनमा प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी रहँदा प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए। उक्त कुराकानीमा प्रचण्डसँग ओलीले संसद् सञ्चालनको वातावरण बनाउन आग्रह गरेपछि त्यसको जवाफमा उनले गृहमन्त्रीको राजीनामा नआइ संसद् बैठक सञ्चालन हुन नसक्ने बताएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए।
‘प्रधानमन्त्री र प्रचण्डबीच टेलिफोनमा कुराकानी भयो,’ विपक्षी दलको बैठकमा सहभागी साहले भने, ‘प्रचण्डले प्रधानमन्त्रीलाई भन्नुभयो- गृहमन्त्रीलाई राजीनामा गराएर तपाईंले नै संसद्लाई जानकारी गराउनू।’