
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने बताएका छन् । बुधबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको भेटवार्तामा ओलीले लेखकले राजीनामा दिनुनपर्ने बताएका हुन् ।
ओलीले गठबन्धनविरुद्ध प्रहार भइरहेको समेत बताएका छन् ।
बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको छ ।