latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
आइतबार , अषोज ५, २०८२

राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाह वा उनका नाति हृदयेन्द्र शाहलाई राजा बनाउनुपर्ने आवाज उठाइरहँदा विश्व हिन्दु महासङ्घ नेपाल राष्ट्रिय समितिले भने यस्ता पात्रहरूमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको बताएको छ ।

महासङ्घले जनचाहनाअनुसार स्वच्छ, निष्पक्ष र लोकप्रिय व्यक्तिलाई राजा बनाउन सकिने धारणा व्यक्त गरेको छ ।

भोली जेठ १५ गते काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित आयोजना गर्न लागेको प्रदर्शनको सन्दर्भमा विश्व हिन्दु महासङ्घ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस्तो धारणा राखेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “हिन्दु राष्ट्रमा राजाको भूमिका निषेधित हुँदैन, तर जनचाहनाअनुसार राजामा हुनुपर्ने गुण र गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय व्यक्ति मात्र राजा बन्न सक्छ। हाल चर्चामा रहेका पात्रहरूमा यस्ता गुणहरू देखिँदैनन् ।”

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मङ्गलवार काठमाडौँमा सम्पादकहरूसँगको छलफलमा राष्ट्रिय सहमति भएमा हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका थिए । “यदि ज्ञानेन्द्र शाहलाई वृद्ध भएको ठानिन्छ भने विकल्पमा जानुपर्छ,” शाहीकालमा मन्त्रीसमेत रहेका थापाले भने, “राष्ट्रिय सहमति बन्छ भने २०/२१ वर्षका हृदयेन्द्र शाहलाई राजा बनाऔँ ।” हृदयेन्द्र पूर्वराजा ज्ञानेन्द्रका नाति तथा पारस शाहका छोरा हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय