latest
आफुले चुनाब नजित्ने देखेका वामदेव आफु कुर्सीमा पुग्न ल्याए गज्जबको आइडिया  ||    होटेलमा अचेत भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु  ||    रवि लामिछानेलाई सिंहदरबार ल्याइयो  ||    ३ वर्षदेखि लिभिङ टुगेदरमा रहेकी प्रेमिकालाई नेपाल ल्याएर हत्या गर्ने योजना बनेको खुलाशा  ||    अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने तयारी, ७१०० जनाले पाउन सक्छन सरकारी जागिरकोअबसर  ||    वडाध्यक्षलाई खुट्टा मालिस गराएका एमालेबाट निर्बाचित पालिका अध्यक्षले दिए राजीनामा  ||    अनमोल केसी स्टारर ‘जेरी अन टप’लाई तनाब  ||    २ वटा श्रीमती बिहे गरेर दोषी ठहर भएका थिए, ओलीको पछी लाग्दा जोगीए ! अन्तत…  ||   
बुधबार , कार्तिक १९, २०८२

बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की तीन जनाको हत्या भएको जानकारी दिए ।

आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए ।

हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन् ।

प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन् । अहिले भने डिभोर्स गरेर छुट्टै बसिरहेको खुल्न आएको उनले बताए ।

यद्यपि, घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाइ छ । घटना बुधबार बिहान ४ बजेतिर भएको हो ।

कोइराला केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर जेलबाट छुटेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय