latest
आफुले चुनाब नजित्ने देखेका वामदेव आफु कुर्सीमा पुग्न ल्याए गज्जबको आइडिया  ||    होटेलमा अचेत भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु  ||    रवि लामिछानेलाई सिंहदरबार ल्याइयो  ||    ३ वर्षदेखि लिभिङ टुगेदरमा रहेकी प्रेमिकालाई नेपाल ल्याएर हत्या गर्ने योजना बनेको खुलाशा  ||    अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने तयारी, ७१०० जनाले पाउन सक्छन सरकारी जागिरकोअबसर  ||    वडाध्यक्षलाई खुट्टा मालिस गराएका एमालेबाट निर्बाचित पालिका अध्यक्षले दिए राजीनामा  ||    अनमोल केसी स्टारर ‘जेरी अन टप’लाई तनाब  ||    २ वटा श्रीमती बिहे गरेर दोषी ठहर भएका थिए, ओलीको पछी लाग्दा जोगीए ! अन्तत…  ||   
बुधबार , कार्तिक १९, २०८२

काठमाडौं । भारतमा कोरोनाको संक्रमितबाट १२ जनाको मृत्यु भएको छ ।

त्यसमध्य मृत्यु हुने ४ जनामा नयाँ भेरियन्ट पुष्टि भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ।

मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमित निको भएका छन्।

उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। यो उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो।

यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ। कुल मृतक संख्या १२ पुगेको छ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन,१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् ।

यीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन्।

जेएन.१ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो । परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा यही भेरियन्ट भेटिएको छ। यसपछि बीए.२ २६ प्रतिशत र ओमिक्रोनको अन्य उप-प्रकार २० प्रतिशत देखा परेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय