latest
आफुले चुनाब नजित्ने देखेका वामदेव आफु कुर्सीमा पुग्न ल्याए गज्जबको आइडिया  ||    होटेलमा अचेत भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु  ||    रवि लामिछानेलाई सिंहदरबार ल्याइयो  ||    ३ वर्षदेखि लिभिङ टुगेदरमा रहेकी प्रेमिकालाई नेपाल ल्याएर हत्या गर्ने योजना बनेको खुलाशा  ||    अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने तयारी, ७१०० जनाले पाउन सक्छन सरकारी जागिरकोअबसर  ||    वडाध्यक्षलाई खुट्टा मालिस गराएका एमालेबाट निर्बाचित पालिका अध्यक्षले दिए राजीनामा  ||    अनमोल केसी स्टारर ‘जेरी अन टप’लाई तनाब  ||    २ वटा श्रीमती बिहे गरेर दोषी ठहर भएका थिए, ओलीको पछी लाग्दा जोगीए ! अन्तत…  ||   
बुधबार , कार्तिक १९, २०८२

ओखलढुङ्गामा सामूहिक बलात्कारमा सहभागी भएको आशंकामा पाँच किशोर पक्राउ परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर २ मा केही दिनअघि साथीको बर्थडे मनाउन पुगेकी एक किशोरी सामूहिक बलात्कारमा परेकी थिइन् ।

सामूहिक बलात्कारमा सहभागी भएको आशंकामा ती पाँचजना किशोरलाई मंगलबार ओखलढुङ्गा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने पाँचै जना किशोर मोलुङ गाउँपालिका वडा नम्बर २ रामपुरका १८ वर्ष मुनिका रहेका छन् ।

गत जेठ ११ गते आफूलाई सामूहिक बलात्कार गरेको भन्दै पीडित किशोरीको पक्षबाट प्रहरीमा उजुरी परे पश्चात प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पीडित किशोरीको पक्षबाट गरिएको उजुरीमा पाँचजनामध्ये दुईजनाले आफूलाई समातेको र तीनजनाले भने बलात्कार गरेको उल्लेख छ ।

प्रहरीले पक्राऊ गरेपनि पक्राउ परेका किशोरहरुको पहिचान भने खुलाएको छैन । अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय