latest
आफुले चुनाब नजित्ने देखेका वामदेव आफु कुर्सीमा पुग्न ल्याए गज्जबको आइडिया  ||    होटेलमा अचेत भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु  ||    रवि लामिछानेलाई सिंहदरबार ल्याइयो  ||    ३ वर्षदेखि लिभिङ टुगेदरमा रहेकी प्रेमिकालाई नेपाल ल्याएर हत्या गर्ने योजना बनेको खुलाशा  ||    अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने तयारी, ७१०० जनाले पाउन सक्छन सरकारी जागिरकोअबसर  ||    वडाध्यक्षलाई खुट्टा मालिस गराएका एमालेबाट निर्बाचित पालिका अध्यक्षले दिए राजीनामा  ||    अनमोल केसी स्टारर ‘जेरी अन टप’लाई तनाब  ||    २ वटा श्रीमती बिहे गरेर दोषी ठहर भएका थिए, ओलीको पछी लाग्दा जोगीए ! अन्तत…  ||   
बुधबार , कार्तिक १९, २०८२

राष्ट्रिय युवा संघ नेपालको हालै सम्पन्न निर्वाचनमा सचिवतर्फ सबैभन्दा बढी मत ल्याउँदै मदन भण्डारी विजयी भएका छन्।

पोखरा सभागृहमा सम्पन्न निर्वाचनमा ७९४ मत प्राप्त गर्दै भण्डारी सबैभन्दा बढी मत प्राप्त गर्ने सचिव बनेका हुन्।

११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको निर्वाचनमा उनले सबै भन्दा बढी मत प्राप्त गरेका थिए ।

चार सचिव पदका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। पाँचजना खुलातर्फ, तीन जना मधेसी कोटाबाट र तीन जना महिलातर्फ चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

भण्डारीसँगै खुला सचिवतर्फ अरुण बहादुर कुँवरले ६४८ मत ल्याउँदै विजयी भए। मधेसी कोटाबाट मोबिन अखतर आलम तथा महिलातर्फबाट निशा लिम्बु सुब्बा सचिव पदमा विजयी भए।

त्यस्तै, महेश चौलागाई महासचिव पदमा निर्वाचित भएका छन् भने उपमहासचिवमा उपेन्द्र शाही विजयी भएका छन्।

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे पुनः निर्वाचित भएका छन्। दोस्रो कार्यकालका लागि निर्वाचित भएका उनले सुमन पुरीलाई पराजित गरेका हुन्। थेबेले ७९६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पुरीले ६०८ मत पाएका थिए। थेबे १८८ मतको स्पष्ट अग्रता सहित विजयी भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय