latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
आइतबार , अषोज ५, २०८२

चैत १५ गते भएको तीनकुनेमा राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका धर्मगुरु भनेर चिनिने पुस्कर खतिवडाले २/३ ढुङ्गा प्रहार गरी त्यहाँबाट निस्किएको बताएका छन् । प्रहरीसँगको बयानमा उनले प्रहरीले अश्रुग्यास प्रहार गरेपछि ढुङ्गा हानेको र तत्काल सो स्थानबाट निस्किएको बताएका हुन् ।

आफू कुनै पार्टीको सदस्य नरहेको, हिन्दू राष्ट्रको समर्थक भएकाले स्वतन्त्र नागरिकका हिसाबले त्यहाँ आन्दोलनमा सहभागी भएको बयानमा उनले बताएका छन् । स्टेजमा रहँदा आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले निजी सम्पत्तिमा असर नगरी पार्टी कार्यालय र कान्तिपुर कार्यालय तोडफोड गर्न फोनमार्फत निर्देशन दिएको पनि आफूले सुनेको उनले बताएका छन् ।

प्रसाईँले नै निर्देशन दिएपछि भाटभटेनी, कान्तिपुर र पार्टी कार्यालयमा तोडफोड भएको बयान उनले दिएका छन् । आफूले ढुङ्गा हान्नेबाहेक अन्य तोडफोड र आगजनी नगरेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय