राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यदि राष्ट्रिय सहमति भएमा पूर्वराजा ज्ञानेन्द्र शाहकै समर्थनमा हृदयन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् ।

काठमाडौंमा जेठ १५ गतेको प्रदर्शनका बारेमा सम्पादकहरुसँगको छलफलमा उनले यस्तो बताए ।

‘सबैको राष्ट्रिय सहमति हुन्छ भने मलाई लाग्छ राजा ज्ञानेन्द्र पनि सहमतिमा आउनुपर्छ । त्यो त आफ्नो ठाउँमा छ । अहिले हामी पात्रको कुरा गरेको छैनौं’, उनले भने ।

त्यस्तै, उनले राजसंस्था भनेको आफैंमा एउटा विचार भएको बताए ।

‘राजसंस्था भनेको कुनै व्यक्ति होइन । हामीले अवलम्बन गरेको राजसंस्था भनेको आफैंमा विचार हो’, उनले भने, ‘राजसंस्थालाई स्वीकार गरिसकेपछि विभिन्न मूल्य मान्यता छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय