latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
आइतबार , अषोज ५, २०८२

गत चैत १५ गते काठमाडौंमा राजावादीले गरेको आन्दोलनका क्रममा कथित जन कमाण्डर दुर्गा प्रसाईँको गाडीभित्र बसेर उनको उत्तेजक हर्कतको भिडिओ खिच्ने नेपाल पुकार युट्युव च्यानलका सञ्चालक प्रकाशचन्द्र दाहालविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रसाईँसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता हुँदा प्रकाशचन्द्र दाहाल पनि परेका हुन् । उनीविरुद्ध राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दर्ता भएको छ । दाहाल भने सोही घटना भएको दिनदेखि फरार छन् ।

उनले दुर्गा प्रसाईँकै गाडीमा बसेर त्यस दिनको भिडिओ लाइभ गरेका थिए । प्रसाईँ बानेश्वरतर्फ आफ्नो गाडीमा बसेर आन्दोलनकारीहरूलाई ‘आओ आओ’ भन्दै उक्साइरहेको भिडिओ प्रकाशचन्द्रले प्रसारण गरिरहेका थिए । प्रसाईँको गाडीले प्रहरीलाई नै किचेर अघि बढ्न खोजेपछि स्थिति भड्किएको थियो ।

दाहालले भने आफूले पत्रकारका रूपमा एक्सक्लुसिभ भिडिओ खिच्नेबाहेक अरु भूमिका नरहेको भन्दै प्रहरीले आफ्नो कमजोरी लुकाउन उल्टो मुद्दा चलाएको आरोप लगाए । उनले प्रहरीले टायरमा गोली चलाएर वा प्रसाईँलाई नियन्त्रणमा लिनुपर्नेमा कमजोरी ढाकछोप गर्न आफूमाथि असम्बन्धित ६ वटा गम्भीर मुद्दामा फसाउन खाजेको बताए ।

पत्रकार महासंघले पनि आफ्नो पक्षमा बोल्न नचाहेको दाहालको गुनासो छ । एउटा पत्रकारको काम राम्रो फोटो र भिडिओ खिच्ने तथा पाठक स्रोता दर्शकले रुचाउने कन्टेन्ट पस्किने भएकाले आफूले सोही काम गरेको उनको दावी छ । दाहाल प्रायः दुर्गा प्रसाईसँगै हिड्ने गर्थे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय