latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
आइतबार , अषोज ५, २०८२

कञ्चनपुरमा १४ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ।

कैलालीको गोदावरी नगरपालिकाकी ती किशोरीमाथि कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, रैकवारमा सामूहिक बलात्कार भएको हो।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्।

पीडित किशोरीको जाहेरीपछि कृष्णपुर नगरपालिका–७ कै ती युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पीडित किशोरीले ५ जनाले आफूमाथि सामुहिक बलात्कार गरेको बताएकी छन्।

नाम खुलेका ३ र अन्य २ जना अपरिचित युवकले बलात्कार गरेको उजुरी आएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ती किशोरी २ गते गोदावरीबाट बिहेमा रैकबार आएकी थिइन्। त्यसैबेला युवकहरूले ललाइफकाइ नियन्त्रणमा लिँदै बन्धक बनाएर बलात्कार गरेको बताएकी छन्।

प्रहरीलाई जेठ १० गते घटनाबारे जानकारी आएको थियो। किशोरी बेपत्ता भएपछि खोज्दै जाँदा परिवारले रैकबारमा भेटाएको थियो। त्यसपछि आरोपित युवकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तीन जना युवकविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय