latest
सशस्त्र प्रहरी जवान झापाका हरेदेवको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला  ||    घर लुट्न आएको डाँका समूहको धारिलो हतियार र गोली फायरिङमा एक जनाको मृत्यु, एक घाइते  ||    मन्त्री भएका बेला महेश बस्नेतले भारत गएर रामदेवलाई भनेका थिए- बारामा ५ सय बिघा जग्गा दिन्छु  ||    देउवा पनि भ्रष्टाचारको मुद्दामा जेल परेका थिए, नेपालका यी नेताहरु समेत मुछिएका थिए  ||    नेपालको इतिहासमा यो पहिलो घटना  ||    यी मन्त्रि हेरेको हेर्यै  ||    फेसबुकमा एकआपसमा गा’ लीगलौज, भेट हुने बितिक्कै कु’ टाकुट हुदा एक जनाको मृ’ त्यु  ||    आलमलाई सफाइ दिने न्यायाधीश र कानुनमन्त्रीको कल डिटेल हेरेर अनुसन्धान अघि बढाउन माग  ||   
शुक्रबार , जेठ २४, २०८२

काठमाडौँ- भिसिट भिसा असुली प्रकरणमा चौतर्फी विरोधपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिने सम्भावना बढेको छ।

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा छापा मारी भिजिट भिसाको लाखौँको चलखेलमा गृह मन्त्रालयका अधिकारीहरू र गृहमन्त्रीको सचिवालयका सदस्यहरूसमेत संलग्न रहेको पाएपछि प्रतिपक्षमात्र होइन, कांग्रेसभित्र पनि गृहमन्त्री लेखकको राजीनामाको माग चर्को रूपमा उठेको छ।

कांग्रेस नेता शेखर कोइराला र सुनील शर्माले समेत गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन्।

गृहमन्त्री लेखकले भने सार्वजनिक रूपमा जेठ १३ गते संसद्‌मा जवाफ दिन आफूले समय लिएको उल्लेख गर्दै आफू यस प्रकरणमा निर्दोष रहेको जिकिर गरेका थिए।
गृहमन्त्री लेखकले आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेटमा भिजिट भिसा प्रकरणमा आफू निर्दोष रहेको बताएका थिए।

कांग्रेस सभापति देउवाले सोमबार बिहान पार्टी पदाधिकारी बैठक बोलाएका छन्। तर गृहमन्त्री भने अहिले सम्म राजिनामा दिने मनस्थितिमा नरहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय