latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
आइतबार , अषोज ५, २०८२

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेठ १५ गते काठमाडौँको सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको छ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका दिन जेठ १५ गते काठमाडौँलाई पार्टीको कब्जामा राख्ने गरी परिचलान हुन कार्यकर्तालाई निर्देशन दिएपछि राजावदीहरूको समितिले उनलाई ज्ञानेन्द्र शाहजस्तै सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको हो।

समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राजधानी (काठमाडौँ) कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ केवल सुरक्षाकर्मीको कब्जामा रहेर मात्र सुरक्षित हुनुहुन्छ देश अहिले उहाँको कब्जामा छैन भन्ने प्रमाणित गरेको छ। त्यसैले शान्तिपूर्ण संवैधानिक राजसंस्थासहितको व्यवस्थाका लागि आत्मसमपर्ण गर्न पनि हामी सुझाव दिन चाहन्छौँ। राजधानी कब्जा गर्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजासरह एक्लै सो दिन आफ्ना सुरक्षाकर्मी र पालितपोषित समूहबिना एक्लै सडकमा हिँडेर देखाउन पनि चुनौती दिन चाहन्छौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय