latest
सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||   
मंगलबार , भाद्र ३१, २०८२

कृष्ण बहादुर महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला परेकी छन् । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी हुन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् ।

सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ ।

तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो। २०७६ असोजमा संसद सचिवालयमा कार्यरत राेशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्।

महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो । घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ परेका थिए ।

कानुनी प्रक्रियाअनुसार मुद्दा काठमाडौं जिल्ला अदालतमा पुग्यो। तर, अदालती बयानक्रममा पीडितले आफ्नो प्रारम्भिक आरोप फेरेकी थिइन् भने जसका कारण मुद्दाको प्रवाहलाई निर्णायक मोडमा पुर्‍यायो।

अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय