काठमाडौँ महानगरका मेयर बालेन शाहले महानगरका प्रवक्ता रहेका वडा न. १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेको पाइएको छ। उनलाई जेठ ८ गते स्पष्टीकरण सोधिएको हो।

‘मलाई ८ गते स्पष्टीकरण सोधिएको खबर आएको हो,’ मानान्धरले भने, ‘विभिन्न मिडियामा विभिन्न ढंगबाट बोलेको र त्यसले महानगरको प्रतिष्ठामा आँच आएको भन्ने कुरा छ।’

७ दिनभित्र स्पष्टीकरणकाे जवाफ दिन भनिएको समेत उनले बताए।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले स्पष्टीकरण सोधेको २ दिनपछि बालेन सचिवालयले मानन्धरलाई स्पष्टीकरण सोधेकाे हो।

पाण्डेलाई जेठ ६ गते ‘अनुशासनहीन आचरण’ गरेकाे भन्दै स्पष्टीकरण सोधिएको थियो। त्यसको काउन्टरमा बालेनले पनि महानगरका प्रवक्ता मानान्धरलाई स्पष्टीकरण सोधेका हुन्।

स्पष्टीकरणकाे जवाफ दिनेबारे आफू परामर्शमै रहेको मानन्धरले बताए। ‘अझै समय छ,’ उनले भने, ‘कानुनविद्सँग छलफल गर्दैछु। प्रक्रिया अनुसार गर्छु।’

पछिल्लो समय महानगरका मेयर र अन्य जनप्रतिधि तथा प्रमुख प्रशासकीय अधिकृत गुरागाँईबीचको विवाद चुलिएको छ।

मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाँईलाई महानगरमा फर्काउने पक्षमा नरहेका बेला उपमेयर सुनिता डंगोलको नेतृत्वमा वडाध्यक्षहरुले उनलाई पुर्नबाहली गरेका थिए।

त्यसबाट रिसाएका बालेनले विभिन्न वडाध्यको जिम्मेवारी खोसेका थिए। त्यस्तै ३ जना वडाध्यक्षले बालेनले दिएको नयाँ जिम्मेवारी लिन अस्वीकार गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय