
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि देखिएपछि सच्याउनका लागि आजै पेशी तोकिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासले गरेको आदेश सच्याउन उनीहरुकै इजलासमा पेसी तोकिएको हो ।
लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले शुक्रबार सदर गरेको थियो । तर, लिखित आदेश सार्वजनिक हुँदा ‘आदेश’ नलेखेको ‘फैसला’ लेखिएपछि सच्याउनका लागि आइतबार पेशी तोकिएको हो ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता समेत रहेका उपरजिष्ट्रार निराजन पाण्डेले आदेश हुनुपर्नेमा फैसला भनेर उल्लेख भएका कारण त्यसलाई सच्याउनका लागि पेशी तोकिएको बताए ।