latest
सशस्त्र प्रहरी जवान झापाका हरेदेवको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला  ||    घर लुट्न आएको डाँका समूहको धारिलो हतियार र गोली फायरिङमा एक जनाको मृत्यु, एक घाइते  ||    मन्त्री भएका बेला महेश बस्नेतले भारत गएर रामदेवलाई भनेका थिए- बारामा ५ सय बिघा जग्गा दिन्छु  ||    देउवा पनि भ्रष्टाचारको मुद्दामा जेल परेका थिए, नेपालका यी नेताहरु समेत मुछिएका थिए  ||    नेपालको इतिहासमा यो पहिलो घटना  ||    यी मन्त्रि हेरेको हेर्यै  ||    फेसबुकमा एकआपसमा गा’ लीगलौज, भेट हुने बितिक्कै कु’ टाकुट हुदा एक जनाको मृ’ त्यु  ||    आलमलाई सफाइ दिने न्यायाधीश र कानुनमन्त्रीको कल डिटेल हेरेर अनुसन्धान अघि बढाउन माग  ||   
शुक्रबार , जेठ २४, २०८२

पूपूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय गणतन्त्रवादीहरुलाई झस्का पस्ने खालका एकपछि अर्को गतिविधिहरु गरिरहेका छन् । हिजो उनी नाति हृदयन्द्र शाहलाई समेत लिएर आफ्नो पुरानो आवास नारायणहिटी दरवार प्रवेश गरे, जसलाई विभिन्न ढंगले ब्याख्या गर्न थालिएको छ ।

राजतन्त्र अन्त्य भएपछि नारायणहिटी छोडेका पूर्वराजा त्यहाँ बेलाबखत गइरहन्छन्, जुन नौलो घटना होइन । उनकी माता रत्नराज्य लक्ष्मी शाह नारायणहिटीभित्रै बस्दै आएकी छन् । उमेरले वयोवृद्ध –९६ वर्षिया) आमालाई भेट्न पूर्वराजा समय मिलाएर नारायणहिटी जाने गरेका छन् । तर, हिजोको भ्रमण भने अलिकति पृथक र विशेष खालको थियो ।

हिजो पूर्वराजाले परिवारका सदस्यहरुलाई समेत गएका थिए । यसअघि यसरी दलबलसहित गएको नदेखिएको राजावादीहरु बताउँछन् । पूर्वराजा ज्ञानेन्द्रकी पत्नी कोमल, छोरी प्रेरणा र नाति हृदयन्द्र भ्रमण दलमा थिए । पारस र हिमानी भने थिएनन् । दुई नातिनीहरु पनि देशबाहिर भएकाले छुटे ।

राजपरिवार नारायणहिटी प्रवेश गर्दाखेरीको माहोलले राजतन्त्रकालीन ‘सवारी’ को झल्को आएको थियो । नेपाल ऋषी जगमान गुरुङको नेतृत्वमा पूर्वराजाको स्वागत गरियो ।

यो भ्रमणको दुईवटा उद्देश्य बताइएको छ । पहिलो पूर्वमुमाबडामहारानी रत्नसित भेटघाट र अर्को पूजाआजा । नारायणहिटी राजदरवार परिसरमा रहेको चतुव्र्यूहधाम नारायण मन्दिरमा पूजाआजा गरियो । पूजाआजामा पूर्वनवयुवराज हृदयन्द्र पनि सक्रिय सहभागी भएका थिए ।

राजसंस्था निकट एक स्रोतले यो भ्रमण पूर्वनवयुवराजकै इच्छा अनुसार तय गरिएको दाबी गरेको छ ।

स्रोतले भन्यो, ‘नवयुवराज अमेरिकाबाट सवारी भएपश्चात आफू जन्मिएको दरवारमा जाने र मुमा बडामहारानीसँग भेट गर्ने इच्छा जाहेर गरिबक्यो । त्यसै बमोजिम शनिबार जाने सेड्यूल राजाले बनाइबक्सेको हो ।’

यो भ्रमणको अर्को महत्वपूर्ण पाटो चाहिँ ‘टाइमिङ’ हो । अहिले राजावादी शक्तिहरु एक जुट भएर राजसंस्था पुनस्र्थापनाका लागि ‘निर्णायक आन्दोलन’ को तयारीमा छन् । यो आन्दोलन राजालाई नारायणहिटीमा पुनस्र्थापित नगराएसम्म नरोकिने उनीहरुको दावी छ । डा। जगमान गुरुङले त जेठ १५ गते नै राजालाई नारायणहिटी लगेर गद्दीमा राखिने सार्वजनिक घोषणा गरेका थिए ।

१५ जेठबाट सुरु हुने आन्दोलनको छेकोमा पूर्वराजा आफैं नारायणहिट दरबार पुगेका हुन् । यो रणनीतिक हो वा संयोग मात्रै भन्ने चाहीँ स्पष्ट छैन । यसअघि डा। जगमान गुरुङले नै शनिबार नारायणहिटी जाने भनेर सार्वजकिरुपमा बताएका थिए ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकले यो भ्रमण पूर्वराजाबाटै तय भएको दावी गरे ।

उनले भने, ‘हेर्नुस, तपाईं हाम्रो परिवारमा जस्तो बाबुबाजेलाई नटेर्ने संस्कार उहाँहरुको छैन नि ।’ पूर्वनवयुवराजकै चाहना अनुसार यो कार्यक्रम तय गरिएको चर्चाका विषयमा पाठकले जवाफ दिए, ‘कोको जाने भन्ने निर्णय गर्ने त हजुरबा हुन्छ नि । तपाईंहरुले एउटा के कुरा बुझ्नुपर्छ भने त्यहाँ कसैले पनि कुनै एक्टिभिटी गर्दाखेरि हजुरबालाई नसोधि गर्दैनन् । त्यो डिसिप्लिन त्यहाँ छ ।’

हृदयन्द्र पछिल्लो समय निकै चर्चामा छन् । अहिलेको युवा पुस्तामा उनको निकै क्रेज देखिएको छ । राजावादीहरुभित्रै पनि राजसंस्था पुनस्र्थापन भएमा सिधै हृदयन्द्रलाई राजा बनाउनुपर्ने एकथरिको मत छ । तर, पूर्वराजा ज्ञानेन्द्र भने आफैं राजा बन्ने योजनामा छन् । अमेरिकामा अध्ययनरत हृदयन्द्र गत जेठ ३ गते नेपाल आएका हुन् । उनी छुट्टि मनाउन आएको बताइए पनि कति दिन बस्छन् र कहिले फर्किन्छन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय