latest
पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||    सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला  ||    ललितपुरबाट पक्राउ परेका युवाको साथमा झन्डै करोड रुपैया, गर्दा रहेछन् यस्तो काम  ||    प्रकाश भुजेलको जस्तो नक्कली डाक्टरी सर्टिफिकेट ५६ हजारमै किन्न पाइन्छ  ||    विष्णु सापकोटा अष्ट्रेलियामा अरबपति बन्ने बाटोमा  ||    काँग्रेस नेताको छत्रछायामा रमाएको गुण्डाले यति सम्म गरेको रहेछ  ||   
सोमबार , भाद्र ३०, २०८२

काठमाण्डौ उपत्यकाभित्रका सडक भासिने, ठूलो भ्वाङ पर्ने घटना बढ्दै गएका छन् ।

हिजो दिउँसो ललितपुरको कुपण्डोलमा सडक भासिएको छ । यसअघि साउन ३० गते ललितपुरकै महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलमा पनि सडक भासिएको थियो । यस्तै गएको साउन २४ गते काठमाण्डौको दरबारमार्गको महेन्द्र सालिकबाट काठमाण्डौ प्लाजा निस्कने बीचबाटोमै सडक भासिएर भ्वाङ परेको थियो ।

यस्ता घटनाले सडक यात्रा जोखिमपूर्ण बन्दै गएको छ । काठमाण्डौ उपत्यकाको माटोको तह कमजोर रहेको, लगातारको झरीले माटो खुकुलो बनाई बगाएर लैजाने र जमिन भासिने समस्या देखापर्ने गरेको भूगर्भविद् सुबोध ढकाल बताउनुहुन्छ । यस्तै सडक लगायतका संरचना बनाउँदा ख्याल नगर्नाले पनि भासिने समस्या रहेको उहाँ बताउनुहुन्छ ।

भूगर्भविद् ढकालका अनुसार भासिएको सडक मात्र नभई त्यसको आसपासको क्षेत्र पनि जोखिमयुक्त हुन्छ । काठमाण्डौ प्लाजा नजिकको सडकमुनि टुकुचा खोला रहेको छ ।

यस्तै हिजो भासिएको ललितपुरको सडकमा पनि खोल्सा र इनार पुरिएको स्थानीय बासिन्दा बताउँछन् । यस्तै पानी भूमिगत हुने ठाउँ नहुनुले पनि जमिन भासिने समस्या बढ्ने विपद् विज्ञ केशव मलासी बताउनुहुन्छ ।

काठमाण्डौ उपत्यकामा सडकमुनि खानेपानीको पाइप बिछ्याएकोले कतिपय बेला पाइप फुटेर पनि सडक भासिने समस्या देखिएको पाइन्छ । व्यस्त रहने सडक सामान्य भासिँदा पनि ठूलो दुर्घटना हुने जोखिम रहेकोले सडक बनाउँदा सावधानी अपनाउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय