latest
माओवादी सांसदको ‘किस भिडिओ’ सेयर गर्दा राप्रपाका युवा नेता पक्राउ  ||    पत्रकार र गायिकाको तिघ्रा छोएको आरोपपछि गंगामा हामफालेर ज्यान फाल्ने प्रयास  ||    फेसबुकमा चरित्र हत्या गरेको आरोपमा नयाँ बानेश्वरबाट बाघ पक्राउ  ||    सायद विदेशमा बस्ने केटासँग विवाह गर्दिनँ होला  ||    बेलिब्रिजको उद्घाटन गर्न हुम्ला पुगेका प्रधानमन्त्री ओलीले के भने ?  ||    प्रचारका लागि गरिएको ‘स्टन्ट’ भएको खुलासा  ||    ट्याक्सी बुक गरेर पहाडमा लगी ड्राइभरको हत्या, नेपालमै गुडिरहेछन् मारिएका दर्जनौं चालकका ट्याक्सीहरू  ||    आमाको उपेक्षा र दाजुको अवहेलनका कारण कुकुरसँग बस्न थाले ८ वर्षीय बालक, बोल्नुको साटो भुक्न थाले  ||   
मंगलबार , असार २४, २०८२

केदारनाथ, भदौ १५ गते । मर्मत कार्यका लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकोप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । मर्मतका लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउदा दुर्घटनामा परेको थियो ।

हेलिकोप्टरले केहि दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताउनुभयो ।


“हेलिकोप्टरमा कुनै यात्रु वा सामान थिएन् । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको अधिकारीले भन्नुभयो । टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ,” चौबेले थप्नुभयो ।

हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ) को टोली दुर्घटनास्थलमा पुगी राहत कार्य जारी राखेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

दुर्घटनाको वास्तविक कारण अझै पत्ता लागिनसकेकाले अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ । रासस/एएनआई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय