आफ्ना साना नानीहरुको मृत्युको खवरले बुवालाई पढ्ने पिर कस्तो होला ? त्यो पनि वैदेशीक रोजगारीमा भएको बेला । यस्तो भावविह्वल पीडा शब्दमा कहाँ भन्न सकिन्छ र ?
यस्तै पिर खेपीरहेका छन्, पाँचथर प्राङबुङका दिलिप साँवाले ।
उनका १२ बर्षिय छोरा दिप्सन र २ बर्षिय छोरी प्रिन्साको ग्रिनेट बिस्फोटमा परि मृत्यु भयो । उनले यो खबर बैदेशिक रोजगारीम रहेका उनलेदुबैमा सुनेका थिए ।
यिनै नानिहरु, पढाउन सुखमा राख्न विदेश पुगेका थिए । उनि भोली आईपुग्दै छन् ।
आमा पुजा घरमै काम गर्दै थिईन । विहिवार दिउँसो गाँउ थर्किने गरी पढ्किएपछि कुद्दै घटना स्थल आउदा नानीहरु जलेका थिए । हतार हतार गाँउलेले जिल्ला अस्पताल दौडाए । ४२ किलोमिटर टाढा फिदिमको जिल्ला अस्पतालबाट रेफर भएका प्रिन्साको बाटोमा र दिप्सनको विएण्ड सि अस्पाताल झापामा मृत्यु भयो ।
हृदयविदारक घटनाले मर्माहत तुल्याएको स्थानिय शिल्प राईले सुनाए । ‘गाँउमा बम, बारुद नसुनेको धेरै भएको थियो । गाँउ शान्त थियो । अचानकको बिस्फोटले दुई कलिला मुनालाई लगिदियो’ राईले भने ।
बुवा आएपछिमात्र दाहासंस्कारको प्रक्रिया अघि बढ्ने छ ।
आईतराज केरुङको घरमा बिस्फोट भएको हो । उनी द्वन्द्वदेखिनै माओवादि कार्यकर्ता थिए । उनको घरमा ज्ञानबहादुर राई डेरा लिएर बस्थे । राई सदरमुकाम फिदिममा ज्याला मजदुरी गर्छन् ।उनकी श्रीमती कृष्णमाया राई खेताला गएकी रहेछिन्।
उनीहरुका छोरा ११ बर्षिय पवन घाईते छन् । पाँचथर अस्पतालबाट थप उपचारका लागि कोशि अञ्चल अस्पताल विराटनगर पठाईएको पाँचथरका प्रहरी प्रमुख डिएसपि हेमन्त भण्डारीले जानकारी दिए ।
सामान्य घाईते भनिएका दिप्सन राईलाई उपचारका लागि पाँचथर अस्पताल ल्याईएको छ । उनी आत्तिरहेका छन् । उनलाई पनि कोशि अस्पातल पठाउन चिकित्सकसँग सल्लाह भईरहेको भण्डारीले बताए
घटनामा परेका बालवालीकाको परिवार आर्थिक अवस्था कमजोर भएको घटना स्थलमा खटिएका प्रहरी निरिक्षक रुपेश तामाङले जानकारी दिए । ठुलो घटनाले स्थानिय मर्माहत भएको उनले बताए ।
स्कुलमा परिक्षा थियो । केटाकेटि घर आएर खेल्न थाले । नौलो बस्तु भेटेपछि हम्मरले कुट्दा ग्रिनेट पढ्किएको पाईएको छ । दुर्गममा भएकाले तत्काल अस्पताल लैजान पनि कठिन भयो ।
द्वन्दैमा छाडिएको ग्रिनेट भएको अनुमान गरीएको छ । ‘पुरानै हुनुपर्छ । बम छ भन्ने थाहा हुने कुरै भएन’ वार्ड अध्यक भरत खपाङ्गीले भने ।
घटना स्थल छेउमै अर्को ग्रिनेट भेटिएको थियो । नेपाली सेनाको टोलिले शुक्रबार विहान डिसपोज गरेको छ । त्यो होममेड ग्रिनेट भएको खुल्न आएको छ ।
पढ्किएको बिस्पोटक पदार्थ नयाँ हो कि पुरानो हो भन्ने फरेन्सि टेस्ट पछि थाहा हुने भण्डारीले बताए ।
साना नानिहरु र गाँउलेहरु पीडामा रहेको स्थानिय पूर्ण जवेगुले बताए । अरुतिरपनि यस्तै पढ्किने बस्तु छ कि भन्ने चिन्ता रहेको उनको भनाई छ ।
सामाजिक सञ्जालमा पीडा ब्यक्त भईरहेका छन् । छानविन र राहातको माग भईरहेको छ । विभिन्न कोणबाट अनुसन्धान भईरहेको प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोईरालाले बताए ।
राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ती निकालेर पीडितलाई क्षतिपूर्ती र दोषिलाई कार्वाहि गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले सरकारले जथाभावि छोडिएका बिष्फोटक पदार्थ निष्क्रिय गरि यस्तो घटना दोहोरिन नदिनु भनेको छ ।
यसअघि पनि पाँचथरमा विष्फोटका यस्ता घटना भएका थिए । २०७४ साल बैशाखमा पाँथचथरको हिलिहाङ-७ को ओडारमा बिस्फोट हुँदा दुईवालक घाईते भएका थिए । बाख्रा चराउन गएका बालकले ओडारमा आगो बाल्दा बिस्फोट भएको थियो । केहि बर्ष अगाडी फाल्गुनन्द गाँउपालिकाको चिलिङदिनमा पनि बिस्फोट भएको थियो । बारिमा भेटिएको बस्तु खेलाउना भनेर खेलाउदा बिस्पोट भएर हातका अौला चुडिएका थिए ।