हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलको कोठा नम्बर २०५ मा २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्या भयो । हेटौंडा–११ थानाभर्‍याङकी न्यौपानेको शव भदौ १० गते मात्रै होटलको कोठा नम्बर २०५ मा फेला पर्‍यो ।

प्रहरी ती युवकको परिचय नखुलाए पनि एलिसाका परिवारले भने हेटौंडा–४, कमलडाँडाका समीर खानले हत्या गरेको आरोप लगाएको छ । हाल समीर फरार छन् । परिवारका अनुसार एलिसा र समीर ७/८ वर्षदेखि श्रीमान् श्रीमतीका रूपमा बस्दै आएका थिए ।

एलिसाको हत्या भएको दुई दिन पछिसम्म अर्थात् ११ भदौसम्म खानले एलिसाका १७ वर्षीय भाइसँग सामाजिक सञ्जालमा कुराकानी गरेको पाइएको छ ।

जसमा समीरले आफूले अञ्जानमै हत्या हुन पुगेको स्वीकारेको एलिसाको परिवारले जनाएको छ । ‘सरी, पाप भयो, मेरो सानो गल्तीले ज्यान गयो झगडा पर्दा, बाँकी अब कुरा चौकी जान्छु म आफैं’ उनले एलिसाका भाइसँग ह्वाट्सएपमा लेखेका छन् ।

आरोपित खानले होटलमा पुगेपछि सुरुमा राम्रो कुराकानी भएको र पछि पुराना कुरा निस्किएर झगडा परेको भनेका छन् । ‘दुवै जनाबाट हात हालाहाल भयो, हान्दाखेरि ज्यान गयो । मैले कति उठाउन खोजें तर ज्यान गइसकेको रहेछ’, खान र एलिसाको भाइबीच भएको कुराकानीबारे परिवारले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर