latest
अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||   
बिहिबार , कार्तिक २०, २०८२

मुना पाण्डेलाई गोली हानी हत्या अभियोगमा पक्राउ परेका बबी सिंह शाहविरुद्ध लगाइएको जघन्य हत्याको मुद्दामा दोषी ठहर भएमा टेक्सासमा मृत्युदण्ड समेत हुनसक्ने प्रावधान रहेको छ । जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो।

टेक्सासको कानुन अनुशार जघन्य हत्या पुष्टी हुनका लागि विशिष्ट उत्तेजित परिस्थितिहरु पूरा गर्दछ। अपहरण वा लुटपाटका क्रममा कसैको हत्या भएमा त्यसलाई जघन्य हत्या मान्न सकिन्छ भने चोरी वा आगजनी जस्ता अन्य अपराधको कार्यको क्रममा व्यक्तिको हत्या भएमा पनि त्यसलाई जघन्य हत्या मान्न सकिन्छ। त्यस्तै यौन आक्रमण र बदला लिने हत्यालाई पनि जघन्य हत्या मान्न सकिन्छ । हत्याका लागि अपराधीलाई भुक्तान गरिएको वा भुक्तानीको वाचा गरिएको सन्दर्भमा पनि जघन्य हत्या अभियोग लाग्नसक्छ ।

टेक्सासमा यस्तो हत्याको सजाय या त बिना परोल आजिवन जेल वा मृत्युदण्ड हो। टेक्सासमा पहिलो डिग्री हत्यामा दोस्रो डिग्री हत्याको तुलनामा ठूलो सजाय हुन्छ । तर जघन्य हत्या टेक्सासमा तिनीहरू दुवैको शीर्षमा रहेको छ । टेक्सास अमेरिकामा मृत्युदण्डलाई अनुमति दिने २७ राज्यहरू मध्ये एक हो ।

अभियुक्त ५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्यको अभियोग दायर गरिएको हो । ह्यारिस काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयलाई सम्पर्क गरी उनको विरुद्ध जघन्य हत्याको अभियोग लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय