latest
नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त  ||    पुष्टि हुने कुनै स्वतन्त्र प्रमाण नभएको भन्दै सफाइ दिने अदालतको फैसला  ||    खुस्कियो यी मन्त्रीको कुर्सि  ||    रास्वपाका यी नेताले गरे पार्टीकै बदनाम, बौद्धको घटनाले पुगे प्रहरी खोरमा  ||    गोमालाई सित्तैमा एमबीबीएससम्म पढाइदिने मनकारी व्यक्ति को हुन् ?  ||    चिनिया पुरुष अनि नेपाली युवती ललितपुरमा घर भाडामा लिएर गर्थे यस्तो धन्दा  ||    रबि लामिछाने अन्यायमा परे भन्दै हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए  ||    यी हुन् एलिनालाई कमेन्ट गर्दा पक्राउ परेका कबि गुन्जन राई  ||   
शुक्रबार , असार २०, २०८२

धन कमाउने सपना बोकेर दुबई पुगेका एक नेपाली युवा मृत फेला परेका छन । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–०७ काउलेका २४ बर्षे कृष्ण पाण्डेलाई दुवईको सडक छेउमा मृत भेटिएको दुबई प्रहरीले जनाएको छ ।

पाण्डे दुई वर्षअघि दुबई पुग्नुभएको थियो । उहाँ दुबईस्थित एक होटलमा काम गर्दै आउनुभएको थियो । तर तीन महिनाअघि होटलको काम छोडेर बस्नुभएका उहाँ मृत भेटिनुभयो ।


भिजिट भिसामा जानुभएका कारण उहाँको शव नेपाल ल्याउन अहिले समस्या भएको छ । अर्कोतर्फ परिवारको आर्थिक अवस्था समेत कमजोर भएका कारण शव ल्याउन नसकिएको मृतकका दाई प्रकाश पाण्डेले बताउनुयो । ‘परिवारको आर्थिक अवस्था कमजोर छ । भिजिटमा गएकाको सरकारले उद्धार गर्दैन भन्ने सुनेका छौँ’, प्रकाशले भन्नुुभयो, ‘बाबुको उपचारको चिन्ता अर्कोतर्फ छ । भाई त आएन, कम्तीमा शव भएपनि नेपाल ल्याउन सहयोग गरिदिन सरकारसँग आग्रह गछौँ ।’

दाई प्रकाश पाण्डेका अनुसार बाबुको उपचारका निम्ती उहाँका आमा, बुबा र कृष्णकी श्रीमती र छोरी भारतमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय