नरेशले नेपालमा रहेकी साशुलाई भनेका थिए, “तपाईंकी छोरी कतै साथीकोमा बस्न गएकी होलिन्, कपडा समेत लिएर गएकी छे ।” नेपालमा छोरी जिवितै भेटने बुबाआमाको प्रार्थना र आँसु बग्दै गर्दा अमेरिकामा नरेशलाई प्रहरीले पक्राउ गर्‍यो, त्यो पनि ममताको हत्याको आरोपमा ।

सरकारी वकिलको कार्यालयले नरेशले नै हत्या गरेर शव लुकाएको निष्कर्ष निकाल्यो । उनी भन्छिन्, “त्यो पापीले मेरो छोरीलाई मारिसक्यो । मेरो छोरीलाई जति यातना दिएको थियो, यसलाई पनि त्यति नै यातना चाहियो । यही छ मेरो हृदयको पुकार ।”

ममताको हत्याको दाबीसहित मुद्दा चलेपछि नातिनी लिन लागि जान माइती पक्षको तयारी छ । अमेरिकी दूतावासबाट भिसा प्रक्रिया अघि बढाएका छन् ।सीताकुमारी भन्छिन्, “मेरो छोरी नभए पनि उसको नमूना नातिनी छ । हाम्रो चिन्ता नातिनीको हो । उसलाई हेर्ने चाहना छ । अब हाम्रो पनि उता जाने तयारी छ । नातिनी ल्याउन पाए ल्याउने । नत्र त्यही केयर गरेर बस्ने हो । जता राम्रो हुन्छ, कता सजिलो हुन्छ उतै राख्न पाए हुन्थ्यो ।”

प्रतिक्रिया

सम्बन्धित खवर