latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

ममता काफ्लेका श्रीमान् नरेश भट्टले आफ्नो कम्प्युटरमा ‘श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?’ भन्नेबारे सर्च गरेको खुलासा भएको छ ।। श्रीमती बेपत्ता पारेको आरोपमा उनीबिरुद्ध सोमबार मुद्दाको सुनुवाइ भएको थियो।

सुनुवाइका क्रममा मुद्दाका अभियोजकहरुले अमेरिकी सेक्रेट सर्विसले प्रमाण पेश गरेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार भट्टले गत अप्रिलमा नै आफ्नो कम्प्युटरमा गुगल गरेका छन्, ‘श्रीमती मृत्युको कति समयमा विवाह गर्न मिल्छ ? कर्जामा रहेकी श्रीमतीको मृत्युपछि के हुन्छ ?’

भट्ट नर्स श्रीमती काफ्लेको हत्याका लागि लामो समयदेखि तयारी गरिरहेको प्रमाणका रुपमा उक्त कुरालाई उल्लेख गरिएको छ। श्रीमती बेपत्ता पारेको प्रशस्त प्रमाण रहेको भन्दै उनलाई धरौटीमा छाड्न उनका वकिलले गरेको निवेदन न्यायाधीशले सोमबार पनि खारेज गरेका छन्।

नर्स काफ्लेको शव अहिलेसम्म फेला परेको छैन र नरेश भट्टलाई हत्याको आरोप भने लगाइसकिएको छैन। उजुरीमा भने भट्टले श्रीमतीको हत्या गरेको उल्लेख छ।घरमा भेटिएको रगत मान्छेको भएको निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय