अहिले ममता काफ्ले र नरेश भट्टकोबारे गलत सामग्रीहरु सामाजिक संजालमा छ्यापछ्याप्ति भेटिएका छन ।अमेरिका नेपालमा आएका सामग्री बाहेक तिनीहरु सबै अफवाह मात्र हुन् ।अहिलेसम्म भएको आधिकारिक विवरणहरु बुझौ ९० सेकेन्डमा

‘३० जुलाई २०२४ वा आसपासमा आरोपी नरेशले ममता भट्टको हत्या गरेका थिए। घटना उनकै निवासमा भएको हो । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको थियो ।’

अदालतमा पेश गरिएको उजुरीमा -‘शव घरभित्रै रहेको र घरबाहिर घिसारेर लगिएको संकेत मिल्ने प्रमाण घरमा भेटिएको छ । ‘अदालती कागजातमा यो बाहेक कुनै विवरण समावेश भएको सार्वजनिक भएको छैन ।

अनुसन्धानकर्ताहरूले भट्टको घर अस्तव्यस्त अवस्थामा फेला पारेको बताएका छन् । मुख्यतया प्राथमिक शयनकक्ष र सोही बाथरूममा रगतको प्रमाण फेला परेको बताएका छन्। रगत ममताको हो कि होइन भन्ने पुष्टि भएको छैन ।

नरेशले पुलिसलाई दिएको टाइमलाइन पूर्ण रूपमा गलत भएको अभियोजकहरूले बताएका छन् । नरेश भट्टले मिडिया र अधिकारीहरूलाई आफूले अन्तिम पटक ममतालाई जुलाई ३१ मा देखेको बताएपनि अदालतको कागजातले ममताको मृत्यु जुलाई ३० मा भएको हुनसक्ने देखाएको छ।

जुलाई ३० मा नरेश भट्टले तीनवटा चक्कु किनेका जसमध्ये दुई वटा फेला नपरेको अभियोजकहरुले बताएका छन् । अर्को दिन नरेश भट्टले सरसफाइका सामान किनेको भिडियो प्रमाण रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

नरेश भट्टले अगस्त १९ मा आफ्नो टेस्ला बेचेका र आफ्नो घर बेच्ने प्रयास पनि गरेका अभियोजकहरुले बताएका छन् । अनुसन्धानहरु घरभित्र प्रवेश गर्दा नरेशले सुटकेशका साथै आफ्नो र छोरीको पासपोर्टहरु समेत प्याकअप गरेको पाएका थिए । उनले भाग्ने प्रयास गरिरहेको अभियोजकहरुले विश्वास गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर