झापाको गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीमाथि उनकै निवासमा हातपात भएको छ। आइतबार साँझ एक व्यक्तिले घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गौरादह–५ राजपति चोक चप्रामारीका ३४ वर्षीय भीष्म सिटौलाले नगरप्रमुख सुवेदीको घरमै पुगेर अभद्र व्यवहार गर्दै हातपात गरेका हुन्।



घटनापछि प्रहरीले सिटौलालाई पक्राउ गरेको छ। नगरप्रमुख सुवेदीको जाहेरीका आधारमा पक्राउ परेका सिटौलामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका सिटौला केही समयअघि मात्र जापानबाट फर्किएका थिए। मदिरा सेवनपछि उनले हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ।

सुवेदी नेकपा (एमाले)को तर्फबाट गौरादह नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय