एमालेका उम्मेदवारले अग्रता कायम गरिरहेको संखुवासभामा रास्वपाका उम्मेदवारले पछ्याइरहेका छन्।

मतगणना जारी रहेको संखुवासभामा एमालेका अर्जुन कुमार कार्कीले अहिलेसम्म १० हजार ८३२ मत ल्याएका छन्।



उता रास्वपाका मिङमा शेर्पाले ९ हजार ९६७ मतसहित कार्कीलाई पछ्याइरहेका छन्। यहाँ एमालेका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।

उनीहरूबिचको मतान्तर ८६५ छ। यसअघिको विवरणमा यहाँ कार्की र शेर्पाको मतान्तर ९८३ थियो।

यहाँ नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठ र श्रम संस्कृति पार्टीका उम्मेदवार उमा कुमारी राई पछि छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय