अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उम्मेदवार यज्ञबहादुर बोगटी निर्वाचित भएका छन्।
आइतबार सम्पन्न मतगणनाअनुसार बोगटीले ९ हजार ५१८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्य पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बलबहादुर कुँवरले ६ हजार ४९३ मत प्राप्त गरेका छन्। चौथो नम्बरमा रहेका बालेनका बिश्वास पात्र भुप्देब शाहले भने ४,५६२ मत मात्र प्राप्त गरे ।
बालेन काठमाडौंको मेयर छँदा भुपदेवले उनको स्वकिय सचिवका रुपमा सहयोग गरेका थिए । उनी बालेनसँगै महानगरको जिम्मेवारीबाट बाहिरिएर चुनाव लडेका हुन् । उनले प्रतिनिधिसभा सदस्यका लागि अछाम क्षेत्र नं। २ बाट मनोनयन दर्ता गरे । भुपदेवलाई सहयोग गर्न बालेन पनि उनको निर्वाचन क्षेत्रमा पुगेका थिए ।
देशव्यापी देखिएको घन्टीको लहरले अछामलाई भने छुन नसकेको निर्वाचन परिणामले देखाएको छ । अछाम १ मा नेपाली कांग्रेसले जित हासिल गर्दा घन्टीका उम्मेदवार ओमप्रकाश रावलले १७ सय ३९ मत ल्याएर चौंथो स्थानमा रहे ।





