गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार गुरुङले १२ हजार १७१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ९ हजार १५३ मत पाएका छन्। यससँगै गुरुङ खत्रीभन्दा ३ हजार १८ मतले अगाडि रहेका छन्।



त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का हरिराज अधिकारीले ५ हजार १६० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामचन्द्र लामिछानेले १ हजार ८४३ मत ल्याएका छन्।

अन्य उम्मेदवारमध्ये रामकाजी राना मगरले १४९, जितबहादुर घलेले १२०, केदारमणि खनालले ९९, देवबहादुर थापाले ६३, विष्णुप्रसाद रिजालले ४०, मनु कुमारी श्रेष्ठले ९ र कविता भट्टराईले ८ मत प्राप्त गरेका छन्। आकाश राना मगरले भने हालसम्म मत प्राप्त गर्न सकेका छैनन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय