खोटाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई १६ हजार ६१२ मतका साथ विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका बिरकाजी राईले ११ हजार ९५७, नेकपा का हरि रोकाले ९ हजार ४४३ र घण्टी चिन्हका उम्मेदवारले ५ हजार ७०४ मत पाएका छन्।



जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार कुल ६२ हजार ५६६ मत गणना हुँदा ५८ हजार ६३८ सदर मत र ३ हजार ९२८ बदर मत रहेका छन्।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा १ लाख ४७ हजार १२० मतदाता रहेका छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय