मोरङ निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीले मतगणनामा उल्लेखनीय अग्रता कायम गरेका छन्।
२३ गते दिउँसो ४:२० बजेसम्म सार्वजनिक मतपरिणामअनुसार घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा रहेका कार्कीले २१ हजार १२३ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिल शर्माले १३ हजार १८८ मत ल्याएका छन्। त्यसैगरी, स्वतन्त्र उम्मेदवार अमिर मगरले ८ हजार ५८८ मत पाएका छन् भने नेकपा एमालेका इरन राईले ३ हजार ८७८ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।






