नजी आन्दोलनका क्रममा भएको दमन तथा त्यसको भोलिपल्ट देखिएको विध्वंसबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले आइतबारसम्ममा आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ।

प्रतिवेदनलाई अन्तिम रूप दिन आयोगका पदाधिकारीहरू अहिले सिंहदरबारस्थित कार्यालयमा छलफलमा जुटिरहेका छन्। आयोगका एक पदाधिकारीका अनुसार प्रतिवेदन लेखनका क्रममा कुनै त्रुटि वा कमजोरी भए/नभएको रुजु गर्ने काम भइरहेको छ। सो प्रक्रिया आज अपराह्नसम्म सकिने र सम्भव भए आजै बेलुका, नभए भोलिसम्म प्रतिवेदन बुझाइने तयारी रहेको उनले बताएका छन्।



अनुसन्धानका क्रममा संकलन गरिएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरी आयोगको सचिवालयले शिलबन्दी गर्ने काम पनि भइरहेको छ। ती कागजातहरू समेत प्रतिवेदनसँगै प्रधानमन्त्रीलाई बुझाइने जनाइएको छ।

गत २३ भदौमा जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष **Gauri Bahadur Karki**को नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगमा पूर्वएआईजी Bigyan Raj Sharma र कानूनविद् Bishweshwar Bhandari सदस्य रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय