झापाको क्षेत्र नम्बर ५ मा मतगणना अन्यत्रको तुलनामा सुस्त देखिएको छ। हालसम्म ६७ हजार ८ सय ५५ मत गणना भएको छ। जसमध्ये रास्वपाका बालेन शाहले ४२ हजार ५४३ मतसहित अग्रता लिएका छन् भने दोस्रो स्थानमा रहेका केपी शर्मा ओलीको ११ हजार चार सय २७ मत छ।
त्यस्तै, कांग्रेसकी मन्धरा चिमोरियाको १२०२ मत छ भने नेकपाका रञ्जित तामाङको ९९६ मत रहेको छ। श्रम संस्कृति पार्टीका समिर तामाङले ७१०७ मत पाएका छन्।
यो क्षेत्रमा अब ३८ हजार ५१७ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो क्षेत्रमा बालेनको मतान्तर ३१ हजार ११६ छ। उनको जित लगभग सुनिश्चित देखिएको छ।






