बुधबार , कार्तिक २८, २०८१

भारतको बिहार राज्यको समस्तीपुरमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

बारा जिल्लाबाट बोलबम तीर्थयात्री बोकेर देवघरतर्फ जाँदै गरेको ना ७ ख ६४४६ नम्बरको बस आज बिहान समस्तीपुरको एनएच–२८ राजमार्गमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा सडकमा पल्टिएको थियो । बसमा ४३ जना यात्रु रहेका खबरमा उल्लेख छ ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

श्रीमान दोस्रो बिहे गरेर भारत पसे, नाबालक छोरा लिएर बसेकी निर्मलाले परपुरुषसंग सम्बन्ध गास्दा…

जब श्रीमान नभएकी निर्मलालाई तारा बहादुरले शा-रीरिक स’म्पर्क राखौ भने-

दशैंको टीका लगाउँदा कता फर्किने ?

दाजुबाट ठगी विद्या सिकेका जिबी राई यसरि बने राष्ट्रिय ठग ?

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन, अधिकांश काँग्रेस–एमाले नेता मुछिएका छन्ः दाहाल

दसैँको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा, टिका लगाउने मान्छे यो दिशामा फर्किनु पर्ने