जनआन्दोलन २०६२/६३ पछि नेपालमा भएका अधिकांश चुनावमा संसदमा प्रवेश गर्ने नेतामध्ये निरन्तर सफल हुने पार्टी प्रमुखका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखिएका छन्। सत्ता समीकरण र निर्वाचन क्षेत्र फेरिए पनि उनी भने प्रत्येक चुनावमा संसदमा पुग्न सफल हुँदै आएका छन्।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा र काठमाडौं दुवै क्षेत्रबाट विजयी भएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनले काठमाडौं–१० र सर्लाहीबाट उम्मेदवारी दिएका थिए। काठमाडौं–१० मा पराजित भए पनि सर्लाहीबाट उनले विजय हासिल गरेका थिए।



त्यसपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट विजयी भएका प्रचण्ड २०७९ सालमा गोरखा पुगेर पनि चुनाव जित्न सफल भएका थिए। अहिलेको निर्वाचनमा भने उनी रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् र प्रारम्भिक नतिजाअनुसार उनी विजयी हुने निश्चितजस्तै देखिएको छ।

२०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गर्ने पहिलो पार्टी प्रमुखसमेत प्रचण्ड बन्ने सम्भावना देखिएको छ। यसअघि प्रमुख दलका नेताहरू परिणामको प्रतीक्षामा रहँदा प्रचण्ड भने सबैभन्दा पहिले जित नजिक पुगेका नेता बनेका छन्।

यद्यपि, उनको जितको औपचारिक घोषणा भने निर्वाचन आयोगबाट हुन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय