ऋषि धमला रौतहट–४ को प्रारम्भिक मतगणनामा निकै पछाडि परेका छन्। ५ हजार ९२ मत गणना हुँदा उनले जम्मा १० मत मात्र प्राप्त गरेका छन्।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार गणेश पौडेल करिब २ हजार ५ सय मतसहित अग्रस्थानमा रहेका छन्।
चुनावअघि धमला सामाजिक सञ्जालमा निकै चर्चामा थिए। मतदातालाई रिझाउन उनले घरदैलो अभियानदेखि खेतखलिहानसम्म पुगेर सहयोग गर्ने, बिरामीलाई औषधि खुवाउने, भावुक भएर रोएका दृश्यसमेत भाइरल बनेका थिए।
तर मतपरिणाम भने अपेक्षाअनुसार नआएको भन्दै धमलाले चुनावमा व्यापक पैसाको चलखेल भएको आरोप लगाएका छन्। उनका अनुसार प्रतिस्पर्धी उम्मेदवारहरूले करोडौँ रुपैयाँ खर्च गरेर मतदातालाई प्रभावित पारेका छन्।
यद्यपि उनले लोकतन्त्रमा मतपरिणाम स्वीकार गर्नुको विकल्प नभएको बताएका छन्। साथै देशभर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनताको समर्थनलाई परिवर्तनको संकेतका रूपमा आफूले लिएको बताएका छन्।






