बालेन्द्र शाह झापा पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता शाह शुक्रबार दिउँसो विराटनगर विमानस्थल हुँदै दमक पुगेका हुन्।
सुरक्षा स्रोतका अनुसार उनी आफ्नो निर्वाचन क्षेत्र झापा–५ तर्फ जाने तयारीमा छन्।
प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा फराकिलो अग्रता कायम भएपछि उनी सो क्षेत्रमा पुगेका हुन्। यसअघि बिहीबार हेलिकोप्टरमार्फत झापा आउँदै गरेका शाह बीच बाटोबाटै काठमाडौं फर्किएका थिए।
हाल जारी मतगणनाअनुसार झापा–५ मा बालेन्द्र शाह ले ६ हजार ५५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का उम्मेदवार केपी शर्मा ओली ले १ हजार ४२८ मत प्राप्त गरेका छन्।
यससँगै शाहले हालसम्म ५ हजार १२३ मतको फराकिलो अग्रता बनाएका छन्।






