प्यूठान मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ। प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सुशान्त बैदिक अग्रस्थानमा रहेका छन्।
अहिलेसम्म १ हजार ३४७ मत गणना हुँदा बैदिकले ५०५ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेस का गोविन्दराज पोखरेल ले ४६६ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै राष्ट्रिय जनमोर्चा का तिलकबहादुर जिसी ले १३४ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टी का कृष्णध्वज खड्का ले १०८ मत प्राप्त गरेका छन्।
नेकपा एमाले का उम्मेदवार सूर्य थापा भने ६९ मतसहित पाँचौं स्थानमा रहेका छन्।






