राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन जित्नेमा ढुक्क देखिएका छन्।
प्रारम्भिक मतगणनामा उनले केपी शर्मा ओली लाई दोब्बरभन्दा बढी मतले पछि पारेपछि उनको जित लगभग निश्चितजस्तै देखिएको छ।
बालेन अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट नियमित उडानमार्फत झापा जान लागेका छन्। हिजो उनी हेलिकोप्टरमार्फत झापा जान लागेका थिए, तर बीचबाटै फर्किनुपरेको थियो।
आज भने उनी नियमित उडानबाट झापा पुगेर सम्भावित जितपछि विजयोत्सव मनाउने तयारीमा रहेका छन्।






