latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

बलिवुड अभिनेत्री श्रद्धा कपुर बलिउडकी सफल अभिनेत्री हुन् । हालै रिलिज भएको फिल्म ‘स्त्री २’ को सफलतापछि श्रद्धा कपुर लगातार चर्चामा छिन् ।

हालै उनले इन्स्टाग्राम फलोअर्सको मामिलामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिनेर अहिले चर्चामा आएकी छन् ।
मोदीलाई उछिनेसँगै श्रद्धा अब इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने दोस्रो भारतीय बनेकी छिन् । श्रद्धा कपुरका इन्स्टाग्राममा ९२ मिलियन फलोअर्स पुगेका छन् । जबकी प्रियंका चोपडाका ९१.८ मिलियन फलोअर्स रहेका छन् ।

अहिलेसम्म प्रियंका चोपडा यस मामिलामा बलिउड स्टारहरूमा सबैभन्दा अगाडी रहेकी थिइन् । तर अहिले श्रद्धाले उनलाई पछि पार्दै पहिलो नम्बरमा आफ्नो स्थान बनाएकी छिन् । अब श्रद्धाभन्दा बढी क्रिकेटर विराट कोहलीका इन्स्टाग्राममा सबैभन्दा फलोअर्स रहेका छन् । विराटका इन्स्टाग्राममा २७० मिलियन फलोअर्स रहेका छन् । विराट इन्स्टाग्राममा सबै भन्दा बढी फलोअर्स भएका भारतीय हुन् ।

रिपोर्टका अनुसार फिल्म स्त्री-२ रिलिज हुनुअघि श्रद्धा कपुरका इन्स्टाग्राममा करिब ९० मिलियन फलोअर्स थिए । तर फिल्म हलमा रिलिज भयो र दर्शकको अपार समर्थन पायो । फिल्मले बक्स अफिसमा मात्र सफलता हासिल गरिरहेको छैन, अभिनेत्री श्रद्धाका फलोअर्स समेत बढेका छन् । स्त्री-२ ले भारतीय बक्स अफिसमा मात्र ३६० करोड कमाई गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय