झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बालेन्द्र शाह काठमाडौंबाट झापा जान हेलिकप्टर चढेका थिए ।

तर, हेलिकप्टर उडेर करिब ५२ नटिकल माइल पुगेपछि उनी फर्केर काठमाडौं आइपुगे । हेलि एभरेष्टका प्रदीप गौतमका अनुसार शाहले आफैं ‘काठमाडौं फर्कौं’ निर्णय लिनुभयो । प्राविधिक कारण नभए पनि सुरक्षा कारणका लागि यस्तो निर्णय गरिएको सहायक जानकारी छ।



शाहका सहयोगी सुरेन्द्र बजगाईं का अनुसार हेलिकप्टर प्रयोगको अनुमति फागुन २० गते नै प्राप्त भएको थियो। तर सुरक्षा निकायको सुझावअनुसार उनी झापा नजानु उपयुक्त ठानेको जानकारी दिइएको छ।

उनले भने, “सेक्युरिटी एजेन्सीले फर्किन भन्नुभयो, त्यसपछि हामी फर्कियौं, अरू कुनै कारण छैन।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय